नगरवासीलाई क्यान्सर उपचारमा रत्ननगर नगरपालिकाले २५ हजार सहुलियत दिने



नारायणगढ । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले एक लाख र प्रदेश सरकारले ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप २५ हजार दिने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोग सम्बन्धी सम्झौता गरिने बताए ।

उनले भने, “यो सम्झौता २०८१ सालको वैशाख १ गते देखि लागू हुन्छ ।” सम्झौता अनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ ।

“क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ”, उनले भने, “उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको सुरुवात गरिएको हो ।”

हाल रत्नगरका दुई सय सातजना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

  भरतपुर (चितवन) । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको

मधेश प्रदेशका ९० प्रतिशत नागरिक अझै बीमाको पहुँच बाहिर

जनकपुरधाम ।  मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने 

  काठमाडौँ  ।  सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा