विश्वभर दादुराका बिरामीको संख्या १८ प्रतिशतले बृद्धि



विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् ।

धेरै वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थालेको छ । सीडीसीले जनाएअनुसार दादुराको सङ्क्रमण अहिले विश्वको सबै भागमा देखा परिरहेको छ । दादुरा भाइरसको अधिकांश सङ्क्रमण यमन, भारत र काजकस्तानमा देखा पारेको छ ।

डब्ल्यूएचओ र सीडीसीको पछिल्लो संयुक्त प्रतिवेदनमा सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेको र विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको जनाएको छ । योसँगै दादुरा भएका मानिसको अनुमानित सङ्ख्या ९० लाख र मृतकको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ। तीमध्ये अधिकांश बालबालिका छन् ।

डब्ल्यूएचओले गत वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुणले बढेको र त्यो भयानक भएको जनाएको छ । सन् २०२३ मा उक्त महादेशभर ३० हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएका थियो । सन् २०२२ मा सङ्क्रमितको सङ्ख्या जम्मा ९४१ थियो ।

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्किने ससाना कणमा यो दादुराको भाइरस हुन्छ । ती कण सास फेर्दा शरीरभित्र प्रवेश गरेको अवस्थामा वा तपाईँले तिनलाई छोएर आफ्नो हात, नाक वा मुखनजिक लैजानुभयो भने पनि यो रोग तपाईँलाई लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको

हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा शुभारम्भ

  मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ सेवा

पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० जना रेलका यात्रु बन्धक

क्वेटा । पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन्

ट्रम्पको दाबीपछि भन्सार कटौतीको कुनै प्रतिबद्धता छैन : भारत

नयाँदिल्ली ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले ‘उनीहरूको भन्सार शुल्क धेरै तल घटाउन’