नेपाल आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण



काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरूको आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिए । शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उनले आगामी दिनमा यस्ता नेत्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यका बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको आँखा परीक्षण गरिएको थियो ।

विश्व दृष्टि दिवसकै अवसरमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा जितपुरको औराहास्थित आँखा उपचार केन्द्रमा शल्यक्रियासहितको शिविर सञ्चालन गरिएकामा त्यहाँ पाँच सय २१ जनाको आँखा जाँच गरिएको पनि अस्पतालका प्रशासन प्रमुख रमेश अधिकारीले बताए । त्यहाँ एक सय चार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

आँखा अस्पालले बाराकै जितपुर–सिमरा औराहा र कागेश्वरी नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा विद्यार्थीका लागि विद्यालय आँखा स्वास्थ्य कार्यक्रमसमेत सञ्चालन गरी नौ सय ९३ विद्यार्थीको नेत्र परीक्षणका साथै चश्मासमेत उपलब्ध गराएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए