अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा



कटारी । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले  अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो ।

नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, “भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका छौँ । नगरवासीको सर्पको टोकाइबाट ज्यान नजाओस् भनेर अस्पतालबाट नै उपचार सेवा दिन लागेका हौँ ।”

नगरपालिकाको सहकार्यमा सेवा सुरु गर्ने तयारीमा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा गौरव साहले बताए । “आवश्यक विज्ञ चिकित्सकसँगको परामर्श र सहकार्यमा उपचारको तयारी गरेका हौँ ।” उनले भने, “सरोकारवालासँग सर्पको टोकाइ र यसको उपचारका लागि गरिने विधि र जोखिमबारेमा अन्तक्रियासमेत गरिसकेका छौँ ।”

कटारी नगर क्षेत्र उदयपुर जिल्लाकै सर्पदंशको जोखिममा रहेको छ ।  यस क्षेत्रमा बर्सेनि सर्पको टोकाइबाट मानिसले ज्यान गुमाउने गरेका छन् ।

यसअघि कटारी –३ को ताराघारीमा नेपाली सेनाको क्याम्प रहेको र त्यही सर्पदंश उपचार केन्द्र थियो । उक्त क्याम्पताराघारीबाट कटारी–१ कै वेलसोतस्थित आर्मी क्याम्पमा सरेपछि कटारी बजार क्षेत्रका लागि टाढा भएकाले अस्पतालबाट नै उपचार सेवा दिने तयारी गरिएको नगरपालिकाकी उपप्रमुख गीता खड्काले बताइन् । उनले भनिन्, “यस क्षेत्रमा गर्मी बढेसँगै विषालु सर्पले बर्सेनि मानिसको ज्यान जाने गरेपछि अस्पतालमा उपचार सेवा दिन लागिएको हो । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर

क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल

  काठमाडौँ ।  एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

    चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उड्दै, नेपालमा दैनिक ७३ को मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती