बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट



काठमाडौं । पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ ।

शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ । हाल महासङ्घमा देशभरका १३ हजार पत्रकार आबद्ध रहेको ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए ।

‘सन् १९८२ मा बेलायतबाट एमबिबिएस सकेर आएपछि १५/१६ सय रुपैयाँमा नोकरीबाट सुरु गरेको डाक्टर हुँ, एक अर्ब ५० करोडको ऋण लिएर अस्पतालका संरचना बनाएका छौंँ । नियमअनुसार कर तिरेको छु ।’ अस्पतालका संस्थापक जगदीशलाल वैद्यले भने, “भूकम्पको समयमा पाँच सयवटा शल्यक्रिया निःशुल्क २४ घण्टा कार्य गरेका छौँ, सरकारद्वारा कुनै सहयोग नहुँदा पनि हामी देशमा केही गर्नुपर्छ भनी लागेका छौँ ।’

‘यो सम्झौता आजदेखि २४ महिनासम्म लागू हुनेछ, पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका छ जनासम्मलाई १५ लाखसम्मको उपचारमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ’, प्रमुख प्रशासक भट्टराईले भने, ‘नेपालमा हुने उपचारमा पत्रकार महासङ्घको सदस्यलाई हामी सम्झौताअनुसार सेवा सुविधा उपलब्ध गराउँछौँ, नेपालमा ल्याब टेष्ट हुन नसक्ने उपचारमा भने हामीले लागतअनुसार नै सेवा दिनेछौँ ।’

महासङ्घ शाखाका अध्यक्ष न्यौपानेले स्वास्थ्य सुविधा महङ्गो हुँदै गएको अवस्थामा यो सहुलियत महत्त्वपूर्ण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेठ १३ गते देशभरका बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी

स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुने

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १

कर्णालीमा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख