अधिकारीले दिए बिएण्डसीको अनुगमन समितिबाट राजीनामा



काठमाडौं । चिकित्सा शिक्षा आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएण्डसी मेडिकल कलेज अनुगमनमा संलग्नताबाट आफू मुक्त भएको घोषणा गरेका छन्।

बुधबार कार्यकारी समितिलाई सम्बोधन गरी उनले निवेदन दिँदै अनुगमन टोलीबाट भए गरेका काममा आफ्नो संलग्नता नरहने र प्रतिवेदन पनि बुझाउन असक्ने बताएका हुन्।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको तीन सदस्यीय समितिमा उनी सदस्य थिए। अधिकारी बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र उपाध्यक्ष गिरीको गाली बेइजती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका थिए।

उनले सो कुरा पनि चिठीमा लेखेका छन्। उनले आफू मुद्दामा साक्षी बसे पनि गिरी र प्रसाईंसँग कुनै लिनुदिनु नरहेको उल्लेख गरेका छन्।

उपाध्यक्ष गिरीले बिएण्डसीको सम्बन्धन अगाडि बढाउनका लागि कलेज अनुगमन गरी प्रतिवेदन दिनुपर्ने भएपछि डा. प्रकाशराज पाण्डेको नेतृत्वमा समिति गठन गरेका थिए। समितिले झापा गएर बिएण्डसीको अनुगमन गरेको थियो।

तर, प्रतिवेदन बुझाउने बेलामा अधिकारी गिरीको मुद्दामा साक्षी बसेको पाइएपछि पाण्डेले स्वार्थको द्वन्द्व हुने भन्दै प्रतिवेदन बुझाउन अस्वीकार गरेका थिए।

गत असार २२ मा आयोगको कार्यकारी समितिको बैठक बसेको थियो। त्यहाँ पनि पाण्डेले प्रतिवेदन बुझाउन नसक्ने र कुनै पनि लिखित कुरा पनि नदिने भनेर बाहिरिएका थिए।

‘यसरी पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत मेरो नाम जोडिएकाले नैतिकताको आधारमा सो अनुगमन टोलीबाट भए गरेका काममा मेरो कुनै संलग्नता नरहने र प्रतिवेदन बुझाउन नसक्ने व्यहोरा अनुरोध गर्दछु,’ उनले निवेदनमा लेखेका छन्।

बिएण्डसी मेडिकल कलेजमा अनुगमनका लागि आयोगले असार १ गते टोली गठन गरेको थियो। टोली ६ गते बिएण्डसीमा पुगेर ८ गते अनुगमन गरी फर्किएको थियो।

असार १४ गते प्रतिवेदनलाई अन्तिम रूप दिने बेलामा अधिकारी गिरीको मुद्दामा साक्षी बसेको थाहा भएको थियो।

आफैंले गठन गरेको टोलीले प्रतिवेदन बुझाउन नमानेपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी अफ्ठेरोमा परेका छन्।

कार्यकारी समितिको बैठक शनिबार बोलाइएको छ। त्यहाँ यसबारे छलफल हुन सक्ने बताइएको छ। चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा बिएण्डसीलाई सम्बन्धन दिने नदिने विषयमा छलफल भएपछि आयोगले टोली गठन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान संचालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि

सिकलसेल एनिमियाबारे सचेतनाका लागि स्वास्थ्यकर्मी गाउँमा

कञ्चनपुर । सिकलसेल एनिमिया र थालेसिमियासम्बन्धी पैरवी कार्यक्रम सञ्चालन गरी स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन