थाइल्यान्डद्वारा ४६ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान



काठमाडौं । थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओभरसिज धम्मादुतभिक्खुस र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सिजन कन्सट्रेटर प्रदान गरेका छन् ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले ती उपकरण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको सक्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा सघाउन ती उपकरण प्रदान गरेकामा सरकारले थाइ विदेश मन्त्रालय र ती परोपकारीसंस्थाप्रति कृतज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइ नरेश र राजपरिवारका अन्य सदस्यले प्रदान गर्नुभएका स्वास्थ्य उपकरण एवं सामग्री लिएर आगामी साताको प्रारम्भमा थाइल्यान्डबाट विशेष विमान नेपाल आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू

मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार

बजेट अभावले निसीखोलामा निमार्णाधीन आधारभूत अस्पताल अधुरै

बागलुङ । बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत