महानगरका १० वटा वडामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ५७ सहभागी, ६४ जनामा पोजेटिभ



काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा शुक्रबार ९ सय ५७ जनामा एन्टिजेन विधिबाट गरिएको कोभिड परीक्षणमध्ये ६४ जनामा पोजेटिभ देखिएको छ । परीक्षणमा ४ सय ५३ महिला र ५ सय ४ जना पुरुष सहभागी भएका थिए । उनीहरुमध्ये ३० जना महिला र ३४ जना पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो । परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेनका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरिएको छ ।

कुन वडामा कति?
वडा नम्बर ५ को वडा परिसरमा भएको परीक्षणमा ५१ जना पुरुष र ५३ जना महिला गरी १०४ जनाको परीक्षण गरिएको थियो । जसमा ३ जना पुरुष र ४ जना महिला गरी ७ जनामा पोजेटिभ देखिएको छ ।

वडा ८ का क्लिनिक इञ्चार्ज रञ्जना शाहका अनुसार वडा ८ को पशुपति क्षेत्रमा केन्द्र राखेर परीक्षण गरिएको थियो । जसमा ३८ जना पुरुष र ३३ जना महिला गरी ७१ जनाको परीक्षण गरिएकोमा १ जना पुरुषमा पोजेटिभ देखिएको छ ।

वडा १२ को वुद्धमाई अस्पतालमा गरिएको परीक्षणमा २५ जना महिला र २३ जना पुरुष गरी ४८ जना सहभागी थिए । जसमध्ये १ जना पुरुषमा पोजेटिभ देखिएको छ ।

वडा १४ को भुवनेश्वरी परिसरमा गरिएको परीक्षणमा ५६ जना महिला र ६१ जना पुरुष गरी ११७ जना सहभागी थिए । जसमध्ये ३ जना महिला र २ जना पुरुष गरी ५ जनामा पोजेटिभ देखिएको छ ।

वडा १५ को स्वयम्भू भुइँखेल केन्द्रमा गरिएको परीक्षणमा ६५ जना पुरुष र ६७ जना महिला गरी १ सय ३२ जना सहभागी थिए । उनीहरुमध्ये ६ जना पुरुष र ४ जना महिला गरी १० जनामा पोजेटिभ देखिएको छ ।

वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल परिसरमा ६५ जना महिला र ५४ जना पुरुष गरी १ सय १९ जनाको परीक्षण गरियो । जसमध्ये ३ जना महिला र ५ जना पुरुष गरी पुरुष ८ जनामा पोजेटिभ देखिएको छ ।

वडा १९ को सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा १५ जना पुरुष र ९ जना महिला गरी २४ को परीक्षण गरियो । जसमा पुरुष ५ जना र महिला १ गरी ६ जनामा पोजेटिभ देखिएको छ ।

वडा २८ कार्यालय परिसरमा गरिएको परीक्षणमा ८ जना महिला ३० जना पुरुष गरी ३८ जना सहभागी हुनुहुन्थ्यो । जसमध्ये ३ जना महिला र ३ जना पुरुष गरी ६ जनामा पोजेटिभ देखिएको छ ।

वडा ३१ मा ६१ जना महिला र ६५ जना पुरुष गरी १ सय २६ जनाको परीक्षण गरिएकोमा ४ जना पुरुष र ५ जना महिला गरी ९ जनामा पोजेटिभ देखिएको छ ।

वडा ३२ को महादेवस्थान मन्दिर परिसरमा ७० जना महिला र १०८ जना पुरुष गरी १ सय ७८ जनाको परीक्षण गरिएकोमा ४ जना पुरुष र ७ जना महिला गरी ११ जना पोजेटिभ देखिएको छ ।

परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका विरामीलाई आइसोलेसनका माध्यमबाट समुदायबाट छट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ ।

हरेक दिन १० वडा केन्द्रबाट परीक्षण गर्ने योजनाअनुसार शनिबार वडा २, ३, ६ १०, ११, १३, १८, २१, २३ र ३० का तोकिएका केन्द्रमा परीक्षण हुनेछ । त्यस्तै आइतबार (जेठ १६ गते) वडा १, ४, ७, ९, १७, २२, २४, २७, २९ र २६ का तोकिएका केन्द्रबाट परीक्षण हुने कोभिड सम्पर्क अधिकारी ज्ञानबहादुर ओलीले जानकारी दिए । यसैगरी जेठ १७ गते ३, ४, ६, १०, १४, १६, २०, २५, ३० र ३२ वडा र जेठ १८ गते ७, ९, १३, १५, २६, २९ र ३१ वडाका तोकिएका केन्द्रमा परीक्षण हुनेछ ।

समुदायमा संक्रमण अनुसन्धान तथा शंकास्पद संक्रमणको अवस्था थाहा पाउन परीक्षण गरिने भएको हो । परीक्षणका लागि वडामा भएका केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ (सीआइसीटी) समूहलाई सक्रिय बनाइनेछ ।

कोविभको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सवैलाई लक्षित बर्ग मानेर परीक्षण गर्न लागिएको हो । महानगरले यस लक्षित समूहमा पर्ने वा शंकामा रहेका सबै व्यक्तिहरुलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेतो रगत बनाउने उपकरण अभावमा बिरामी ‘रिफर’

बागलुङ । धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा

सबै जिल्ला पूर्ण खोप घोषणा

काठमाडौँ । देशका ७७ जिल्ला नै पूर्ण खोप घोषणा भएका छन् । पछिल्लो