गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २२ जनाको मृत्यु भएको छ । कास्की, स्याङ्जा, बागलुङ, गोरखा र नवलपरासीका गरी थप २२ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७४ पुगेको छ ।