काठमाडौं महानगरलाई ल्हासा नगरले पठायो भेन्टिलेटरसहित स्वास्थ्य सामग्री



काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई भगिनी सहर तिव्वतको ल्हासा नगरले भीजी ७० मोडेलका ४ थान भेन्टिलेटर सहयोग स्वरुप पठाएको छ । ती सामग्रीहरु शुक्रबार महानगरमा आइपुगेका हुन् ।

बैशाख २७ गते ल्हासाबाट सडक मार्ग हुँदै पठाइएका सामान ३० गते तातोपानी भन्सारमा आइपुगेका थिए । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल र लाञ्जाउका लागि काठमाडौँ महानगरका अवैतनिक महावाणिज्यदूत किशोर बस्नेतले भन्सारबाट सामान बुझेर ३० गते राति महानगरसम्म ल्याएका थिए । शुक्रबार उनीहरुले महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई सामाग्री बुझाएका थिए ।

‘ल्हासा र काठमाडौँको भगिनी सम्बन्ध छ । गएको बर्ष पनि ल्हासाले काठमाडौँलाई कोभिड परीक्षणका लागि न्युक्लेइक एसिड एट्राक्सन मेसिन, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट, भिटीएम, आरडीटी र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) लगायत सामाग्री र उपकरण सहयोग गरेको थियो । त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर मेसिन पनि प्राप्त भएका छन् ।’

भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले काठमाडौँका नागरिककातर्फबाट ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गरेका छन् । ज्ञवालीकाअनुसार प्राप्त सामाग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ ।

महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेकाअनुसार भगिनी सम्बन्ध भएका चीनका लाञ्जाउ, छेन्दु, नान्जिनलगायत नगरले पनि सहयोगको इच्छा व्यक्त गरेका छन् ।

आदानप्रदानका लागि भएका पत्राचारका आपसी विषयहरुलाई निर्णय प्रक्रियामा लगिनेछन् । काफ्लेकाअनुसार जापानको मात्सुमोतो, कोरियाको सियोल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्न सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् । तर हवाइ यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ ।

 

अवैतनिक महावाणिज्यदूत वस्नेतकाअनुसार ल्हासाबाट पठाइएका भेन्टिलेटरको मूल्य ८ लाख आरएमबि (करीब १ करोड ५० लाख रुपैयाँ) हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’

भक्तपुर । स्थापना भएको १२० वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक ‘सिटी स्क्यान मेसिन’ सञ्चालनमा

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण

काठमाडौं । बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिहीबार

वीरगञ्जका निजी अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के अनुगमनः नियमविपरीत संचालित अस्पताल बन्द गर्न निर्देशन

वीरगञ्ज । जनकपुरधामका निजी अस्पतालको अनुगमनपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जका निजी

१४ लाख किशोरीले लगाए क्यान्सरविरूद्धको खोप

काठमाडौंँ । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२