प्रदेश दुई सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने



जकनपुरधाम । प्रदेश दुई सरकारले कोरोना सङ्क्रमण नियन्त्रण सन्दर्भमा परीक्षणको दायरा बढाउन थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने भएको छ । मुख्यमत्री लालबाबु राउतद्वारा प्रदेशका चिकित्सक, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग गरिएको भर्चुअल छलफलका आधारमा प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समितिले थप भिटिएम र रिएजेण्ट खरीद गर्ने निर्णय गरेको हो ।

समितिले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई ध्यानमा राखी सङ्घीय सरकारसँग तत्काल चार हजार अक्सिजन सिलिण्डर मांग गर्ने निर्णय पनि गरेको छ । मुख्यमन्त्री सञ्चार सचिवालयका अनुसार होम आइसोलेशनमा रहेका सङ्क्रमितको हेरचाहका लागि स्थानीय तहसँग समन्वय गर्नाका साथै जिल्ला स्वास्थ्य कार्यालयका समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णयसमेत समितिले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर

क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल

  काठमाडौँ ।  एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

    चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उड्दै, नेपालमा दैनिक ७३ को मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती