थप २८८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९३८८ पुगेको छ ।
त्यस्तै शुक्रबार थप १२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३७३५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ८४ जना छन् भने आइसोलेसनमा २६१५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।