थप ३३२ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७९१०० पुगेको छ ।
त्यस्तै बिहीबार थप ७९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३६०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ७७ जना छन् भने आइसोलेसनमा २४५४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।