थप २९८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु
काठमाडौं । नेपालमा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८७६८ पुगेको छ । ४१०० जनामा पिसिआर परीक्षण गर्दा २९८ मा पोजेटिभ र १०४० मा एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको थियो ।
त्यस्तै बुधबार थप ७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७३५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ । क्वारेन्टाइनमा ६५ जना छन् भने आइसोलेसनमा २२०१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।