थप १२८ जनामा कोरोना संक्रमण, १६१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७७७६८ पुगेको छ ।
त्यस्तै शनिबार थप १६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७३१२३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ । क्वारेन्टाइनमा ५९ जना छन् भने आइसोलेसनमा १६१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।