थप १०७ जनामा कोरोना संक्रमण, ५२ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७५६२५ पुगेको छ ।
त्यस्तै बिहीबार थप ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७१६१० पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या ३०१५ पुगेको छ । क्वारेन्टाइनमा ५२ जना छन् भने आइसोलेसनमा एक हजार जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।