थप ११४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७५४२४ पुगेको छ ।
त्यस्तै मंगलबार थप ९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७१४९५ पुगेको छ । क्वारेन्टाइनमा ५१ जना छन् भने आइसोलेसनमा ९१५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।