थप ११२ जनामा कोरोना संक्रमण, ८४ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३८७२ पुगेको छ ।
त्यस्तै बिहीबार थप ८४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०२२३ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७६७ पुगेको छ । क्वारेन्टाइनमा ६३ जना छन् भने आइसोलेसनमा ८८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।