थप १०५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२९४५ पुगेको छ ।
त्यस्तै मंगलबार थप ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९३०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ७४ जना छन् भने आइसोलेसनमा १५८७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।