पूर्वाञ्चल क्यान्सर अस्पतालमा जटिल रोग ‘एड्ड्रोनल मास’ भएकी महिलाको सफल शल्यक्रिया



झापा । झापाको बिर्तामोडमा रहेको पूर्बाञ्चल क्यानसर अस्पतालले दुर्लभ शल्यक्रिया गरेको छ । दश लाख मानिसमा एक जनामा मात्र देखिने ‘एड्ड्रोनल मास’को सफल शल्यक्रिया गरेको अस्पतालका सर्जन डा. वाशुदेव बास्कोटाले जानकारी दिए ।शनिवार अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै डा. वास्कोटाले भने दुर्लभ प्रकारको शल्यक्रिया गर्न अस्पताल सफल भएको छ ।

फोक्सो, ठूलो आन्दा, प्याङ्क्रियाज र मुटु नजिकै पलाएको ट्यूमरलाई ‘एड्ड्रोनल मास’ भन्ने गरिएको छ – डा बास्कोटाले भने – यो रोगको शल्यक्रिया गर्दा बिरामी बचाउन निक्कै कठिन हुन्छ । तर, हामीले गरेको शल्यक्रियामा मोरङको पथरी शनिश्चरे नगरपालिका निवासी वविता माझीको सफल उपचार भयो ।

पेट दुख्ने, बान्ता हुने, ज्वरो आउने, ढाड दुख्ने लगायतका लक्षण देखिएपछि तीन महिना अघि पूर्वाञ्चल क्यानसर अस्पताल आएकी माझीलाई ‘एड्ड्रोनल मास’ भएको पुष्टि भएपछि अस्पतालले शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको थियो । अस्पतालको सुझाव पछि उपचारका लागि ल्याएको र वहिनीको सफल उपचार भएको भन्दै उनका दाजु गणेश लिम्बूले चिकित्सक सहित अस्पताल सञ्चालकलाई धन्यवाद दिएका छन् । उनले भने – ९९ प्रतिशत वहिनीको आश मारेका थिए, जे हुन्छ हुन्छ भनेर डाक्टरलाई समेत हिम्मत दिए अहिले आएर डाक्टरले आफूलाई खुशी दिए ।
करिव चार घण्टा लगाएर गरिएको शल्यक्रियामा २२ जना चिकित्सकको टोली संलग्न रहेको बताइएको छ । टोलीमा सर्जरीमा डा वाशुदेव वास्कोटा, एनेस्थेसियामा डा राजु श्रेष्ठ, क्यान्सर रोग विशेषज्ञ डा बीरेन्द्र यादव, रेडियोलोजिष्ट डा उमेशकुमार शर्मा र क्रिटिकल केयरमा डा निरज केयल लगायतको टिम सहभागी रहेको पत्रकार सममेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जटिल शल्यक्रिया भएपनि चिकित्सकको मेहनत र उच्चस्तरीय प्रविधिका कारण उपचार सम्भव भएको बताए । माझीको उपचारमा चार लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

यसैबीच बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजमा कोरोना संक्रमित बिरामी फेला परेको भन्दै अफवा फैल्याएको अस्पतालले जनाएको छ । आइसोलेसनमा रहेका एक जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको र उनलाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । उनको उपचारमा सम्लग्न चिकित्सक तथा नर्सको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
कोरोनाको संक्रमणका विषयमा अस्पताल सचेत रहेको भन्दै गिरीले अफवाको पछि नलाग्न विरामी तथा उनका आफन्तलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट

बालबालिकालाई इनर्जी ड्रिंक मात्र होइन, सफ्ट  ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्

डा अरुणा उप्रेती । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव,

हुम्लामा ८२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

सिमकोट । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय