थप १०८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,५३१
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १६,५३१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,५८८ जनाको नमुना परीक्षण गरिएको छ ।
क्वारेन्टाइनमा २४,४२५ जना रहेका छन् भने आइसोलेसन ८, ६०५ जना रहेका मन्त्रालयले जनाएको छ । बिहीबार १३९ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७,८९१ पुगेको मन्त्रालयले जनाएको छ ।