थप ३१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३,५६४ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १३,५६४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,७११ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइन ५३ हजार ७० जना रहेका छन् भने आइसोलेसनमा रहेकाको संख्या १०,३४१ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार ६० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३,१९४ पुगेको छ ।