गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण, १७० जना डिस्चार्ज
काठमाडौं । गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, म्याग्दी, पर्वत, कास्की र लमजुङमा गरी थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ । त्यस्तै निको भई १७० जना डिस्चार्ज भएका छन् ।