बेलायती कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थाल्यो



बेलायती औषधि उत्पादन कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको उत्पादन थालेको जनाएको छ । ब्रिटिश औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड –१९ को रोकथामका लागि तयार पारिएको सम्भावित खोपको उत्पादन शुरु गरेको हो । यद्यपि, यो खोप अहिलसम्म पहिलो चरणको परीक्षणमा मात्र सफल भएको हो ।

कम्पनीले अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकसँग मिलेर यस खोपको विकास गरेका हुन् । कम्पनीका मालिक पास्कल सोरिअटले बीबीसीसँग भने, ‘यो खोप सबै परीक्षणमा सफल हुने वित्तिकै माग धेरै नै बढ्ने र आपूर्ति सहज होस् भन्नका लागि आवश्यक सबै सामग्री तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।’

दुई अरबभन्दा बढी डोजका खोप आपूर्तिको लागि आफूहरु सक्षम रहेको पनि एस्ट्राजेनेका कम्पनीले जनाएको छ । खोपको प्रभाव पुष्टि नभए यसले पार्ने आर्थिक असरबारे आफूहरुलाई राम्रै जानकारी रहेको पनि सोरिअटले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

गोरखा । धार्चे गाउँपालिका-२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले

इजिप्टद्वारा ५३ अर्ब डलरको गाजा पुनर्निर्माण योजना प्रस्ताव

कायरो । इजिप्टले आपत्कालीन राहत, पूर्वाधार पुनःस्थापना र दीर्घकालीन आर्थिक विकासमा ध्यान केन्द्रित

अमेरिकाले हतियार आपूर्ति रोकेपनि प्रतिरोध जारी राख्ने युक्रेनको प्रतिज्ञा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किएभलाई महत्त्वपूर्ण अमेरिकी सैन्य समर्थन रोक्ने निर्णय

इयु शिखर सम्मेलनअघि हङ्गेरीका प्रधानमन्त्री ओर्बनले म्याक्रोनलाई भेट्ने

बुडापेस्ट । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले युक्रेनलाई समर्थन गर्ने संयुक्त कार्यलाई सुदृढ पार्ने