राष्ट्रिय दादुरा खोप अभियान संचालन गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय दादुरा खोप अभियान स्थगित नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले राष्ट्रिय दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश दिएको हो ।
कोरोना संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत १० गते सूचना जारी गरी चैत मसान्तसम्मका लागि दादुरा खोप अभियान स्थगित गरेको थियो । अधिवक्ता सन्तोष भण्डारी लगायतले खोप रोक्दा बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै रिट दायर गरेका थिए ।