आफूहरुलाई राहत प्याकेज उपलब्ध गराउन औषधि व्यवसायी संघको माग



काठमाडौं । नेपाल औषधि व्यवसायी संघले कोरोना महामारी नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका औषधि व्यवसायीलाई राहत प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र लेख्दै औषधि व्यवसायीलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘अत्यन्त जोखिममा रहेर पनि यस अवस्थामा जनता र राष्ट्रको लागि अग्रपङ्क्तिमा रही अग्रणी भूमिका निर्वाह गरिरहेका हामी औषधि व्यवसायीको मर्का कसले बुझिदिने ? र कुनै पनि प्रतिकूल अवस्थामा हरपल सेवाभावका साथ डटी रहने हामी औषधि व्यवसायी प्रति व्यावसायिक सद्भाव सहित सकारात्मक विचार राखियोस्।’

त्यसैगरी संघले नेपाल राष्ट्र बैंकलाई कर्जाको सुविधा औषधि व्यवसायीलाई पनि दिन आग्रह गरेको छ । अहिलेको सुविधाले कोही काखा र कोही पाखा भएको जस्तो देखिएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एचपिभी खोप पूर्ण रूपमा सुरक्षित छः स्वास्थ्यमन्त्री पौडेल

  काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब

महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि, ७ महिनामा लिए ९३ हजारले सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको सङ्ख्या