शल्यक्रियाको चार हप्ताअघि धुमपान छाडे खतरा कम हुने



शल्यक्रिया गर्नुपर्ने कुनै पनि विरामीको शल्यक्रिया गर्नुभन्दा चार हप्ता अगाडि धुमपान छाडेमा त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालय र वर्ड फेडेरेसन अफ सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट (डब्लुएफएसए) सँगको सहकार्यमा डब्लुएचओले गरेको अध्ययनले यस्तो देखाएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको त्यस अध्ययनमा धुमपान गर्नेहरुलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुने भएपनि चार हप्ता अगाडिदेखि नगरेकाहरूलाई पनि कम खतरा देखिएको उल्लेख छ । अध्ययनका अनुसार यस्तो गर्नाले मुटुले काम गर्ने क्षमतामा पनि बृद्धि हुने गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

चार हप्तासम्म तमाखु सेवन नगर्दा स्वास्थ्य अवस्थामा १९ प्रतिशत जति सुधार हुने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । धुमपानका कारण फोक्सोलाई नोक्सान गर्ने र त्यसले शरीरका अन्य अङ्गको स्वास्थ्यलाई पनि असर गर्ने तथा शारीरिक समस्या सृजना गर्ने डब्लुएचओको सूर्ती निषेध इकाइका प्रमुख डा. विनायक प्रसादले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको