दशैंमा आकस्मिक औषधि आपूर्तिका लागि औषधि व्यवसायी संघ काठमाडौं शाखाद्वारा हटलाईन सेवा संचालन



काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा सम्बन्धित बिरामीलाई हुनसक्ने आकस्मिक औषधिको अभाव पूर्तिका लागि २४ सै घण्टा हटलाइन सेवा संचालनमा ल्याएको छ । यसका लागि ९८४१२६४१७१ नम्बरमा डायल गर्न सकिनेछ ।

औषधि व्यवसाय मानव सेवासँग सम्बन्धित भएकाले दशैं तिहार जस्ता चाडवाडको समयमा आकस्मिक औषधिको अभावले कुनै पनि बिरामीलाई हुनसक्ने खतरा न्युनिकरणका लागि शाखाले सो सेवा उपलब्ध गराएको नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

क्यान्सर, मुटु रोग, मधुमेहलगायत दुर्घटनामा परेका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण आकस्मिक औषधिहरु हटलाइन नम्बरमा फोन गरेर प्राप्त गर्न सकिनेछ । यसका लागि सम्बन्धित औषधिका स्टकिष्ट, होलसेलर र खुद्रा बिक्रेताहरुलाई उच्च सतर्कतामा राखिएको महासचिव शुभमान श्रेष्ठले बताए ।

यसका लागि सम्बन्धित औषधिका स्टकिष्ट, होलसेलर र खुद्रा बिक्रेताहरुलाई उच्च सतर्कतामा राखिएको महासचिव एवं आरभी मेड डिष्ट्रिब्युटर्सका सञ्चालक शुभमान श्रेष्ठ (सुमन) ले बताए । काठमाडौं जिल्ला शाखाको अध्यक्षको निगरानीमा १० जना कार्यकारिणी सदस्यहरुले मध्यस्थता गरेका छन् ।

‘हामी मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छौं । निसंकोच सुविधा लिन आग्रह गर्दछौं’—महासचिव श्रेष्ठले भने —‘बिरामीलाई आवश्यकता परेको आकस्मिक औषधि उनीहरुलाई पायक पर्ने सम्बन्धित ठाउँको लोकेसन दिएर उपलब्ध गराइरहेका छौं ।’

अहिले काठमाडौंबाट यो सेवा उपलब्ध भएपनि अन्य जिल्लामा पनि माग आएको अवस्थामा सम्बन्धित जिल्ला शाखाहरुसँग समन्वय गरेर यस प्रकारको सुविधा उपलब्ध गराउन सकिने सकिने महासचिव श्रेष्ठले जानकारी दिए ।

तिहारमा ९० प्रतिशत औषधि पसल खुलिसक्ने भएकाले यो बेला हटलाइन सेवाको जरुरत नपरेपनि आवश्यक परेको अवस्थामा परामर्श उपलब्ध गराइनेछ । विपद् परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न सम्बन्धित औषधिहरु मौज्दात राख्न, औषधि उपलब्ध हुने ठाउँहरुमा सोझै सम्पर्कमा रहन सम्बन्धित निकायहरुसँग समन्वय भइसकेको महासचिव श्रेष्ठले जानकारी दिए ।

 

हाल काठमाडौंमा करिब १७ सय औषधिको खुद्रा बिक्रेता, करिब ३ सयको हाराहारीमा सुपर र होलसेलर रहेका छन् ।

औषधि व्यवसाय र व्यवसायीको हकहित सुरक्षा, औषधिको समृद्धि र विकासमा सुनिश्चितता, व्यवसायिक दक्षता र कुशलता अभिवृद्धि, सुरक्षित र असरदार औषधिहरु उपभोक्ताहरुलाई उपलब्ध गराउने उद्देश्यका साथ नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको