तापक्रम घटेसँगै चितवनमा डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ



चितवन । चितवन जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उनका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२ र पहिलो साता २७३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउन पहिलो साता आठ जनामा मात्र सङ्क्रमण देखिएको तिवारीले जानकारी दिए ।

असोज पहिलो साता यो सङ्ख्या घटेर तीन सय हाराहारीमा आएको उनले बताए । एउटा अस्पतालबाहेक अन्यमा सङ्कलन भएको तथ्याङ्कअनुसार असोज पहिलो साता २८९ जनामा सङ्क्रमण देखिएको छ ।

त्यसमध्ये पनि केही भदौमा बिरामी भएपनि असोजमा दर्ता भएको तिवारीको भनाइ छ । सङ्क्रमण दर क्रमशः घट्दै गएको र डेङ्गु नियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताए ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५६१ जनाको नमूना परीक्षण गरिएकामा तीन हजार ४०९ जनामा सङ्क्रमण देखिएको छ ।

यो सङ्ख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार दैनिक १०० जनासम्म डेङ्गुको सङ्क्रमण भएका बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल झरेको छ ।

भदौ अन्तिम साता बहिरङ्ग सेवामा मेडिकल विभागमा ९०० नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७०० जना ज्वरो आएका रहेकामा १०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो ।

बुधबार बहिरङ्ग सेवाको मेडिकल विभागमा ५०० जना परीक्षणका लागि आएकामा १०० जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेङ्गुका रहेको उनले बताए ।

पहिला प्रकोपका रुपमा देखापरेका नारायणगढको कमलनगर, क्षेत्रपुर, गैँडाकोट, रत्ननगरको टाँडी बजारलगायत ठाउँका बिरामीमा मात्र डेङ्गु देखिएको खतिवडाले बताए ।

साउनदेखि क्रमशः डेङ्गुको सङ्क्रमण बढ्दै आएको थियो । डेङ्गुका कारण दुई जनाको मृत्यु भएको छ । खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गएमा यो सङ्ख्या अझै घट्दै जाने बताउनुभयो । फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने चिकित्सकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरबाट तीन सय ५३ जना लाभान्वित

मुस्ताङ । मुस्ताङमा गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा तीन सय ५३ जना लाभान्वित भएका

महोत्तरीको बलवान नगरपालिकाको वडा नम्बर ११ मा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन्

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा

लुम्बिनी । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ