असोज १० र ११ नेपालमा पहिलो पटक बाथरोग चिकित्सकको सम्मेलन हुने



काठमाडौं । दक्षिण एशियाली देशमा बाथरोगको अवस्था, पछिल्ला उपचार प्रविधि, समस्या तथा रोगबारे आमजनचेतनासमेत जगाउने ध्येयले बाथरोग चिकित्सक सम्मेलन आयोजना हुने भएको छ ।

नेपाल बाथरोग सङ्घद्वारा यही असोज १० र ११ गते हुने दुईदिने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायतका ५० विशेषज्ञ र नेपालका करीव १२५ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहनेछ ।

नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनले बाथरोगसम्बन्धी काठमाडाँै घोषणापत्रसमेत जारी गर्ने छ । सङ्घका कार्यसमिति सदस्य एवं बाथरोग विशेषज्ञ श्वेता नकर्मीका अनुसार सम्मेलनमा सहभागी देशले बाथरोग उपचारका अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

नेपालमा कूल जनसङ्ख्याको दश प्रतिशत अर्थात् ३० लाख मानिसलाई कुनै न कुनै प्रकारका बाथरोगको समस्या भएको तीमध्ये करीब १५ प्रतिशत मात्र उपचारको पहुँचमा पुग्ने गरेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

बैतडी । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।

विवाह गर्नुपूर्व सिकलसेलबारे जाँच गराउन सुझाव

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई

संस्थागत सुत्केरीको सङ्ख्या बढाउन ‘कोसेली’ प्रदान

बैतडी । दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको

दुई अर्ब लागतमा मोरङको कटहरीमा दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा

मोरङ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ