चिकित्सा शिक्षा आयोगले कसैको दवावमा काम गर्दैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन् । आयोगको बैठकलाई बुधबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुदैन ।” प्रधानमन्त्रीले भने –“यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकता अनुसार काम गर्नुपर्दछ ।”

प्रधानमन्त्रीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने बताए । “हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ ।”

प्रधानमन्त्रीले भने, “विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन । तर अब त्यस्तो हुदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर

खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ । खोटाङको  जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको

म्याग्दीको अन्नपूर्णमा पाँच करोड खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१, दोबामा  पाँच करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर  । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ ।