अर्थतन्त्र चलायमान बनाउन आयोगले दिएको सुझावलाई कार्यान्वयनको चरणमा लैजान्छौंः अर्थमन्त्री पौडेल



तानसेन । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्रीले आयोगले दिएका सुझाव अध्ययन गरी कार्यान्वयन गरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए ।

‘अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउछौँ । त्यसको तयारीमा सरकार लागिरहेको छ’, उनले भने ।

अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए ।

यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा अर्थमन्त्री पौडेले नेपाल राष्ट्र बैङ्कको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘बजारमा चर्चा गरिएजस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए