उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा खड्का निर्वाचित



सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन लागि सोमबार भएको उम्मेदवारी दर्तामा खड्काको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस निकट व्यवसायीहरुको बाहुल्यता रहेको सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेसका दुई समूहहरुको प्रतिष्पर्धा हुने गर्दथ्यो । सुर्खेतमा व्यवसायीहरु पार्टीका उपसभापति पूर्णबहादुर खड्का र पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीको समूह बनाएर चुनावमा होमिने गरिरहेका थिए ।

अध्यक्षका लागि थानी निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ । वैशाख ६ गते निर्वाचन हुने कार्यतालिका रहेको भएपनि सबै पदमा निर्विरोध गराउने अभ्यास भइरहेको कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौँ । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको

कृषि तथा पशुपन्छी विकासका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

  काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई

मुलुकलाई दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने

काठमाडौँ । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । उपप्रधानमन्त्री

औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति पाएका उद्योगहरूलाई सुरुका तीन वर्षसम्म भाडामा छुट दिइने

काठमाडौं । सरकारले उद्योग दर्तादेखि बन्दको प्रक्रियाएउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने