सुनको मूल्य तोलामा एक लाख ८० हजार नाघ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीतिगत सुधार गर्दै निर्यात प्रवद्र्धन गरिनेमा जोड

काठमाडौं । नेपाली तयारी पोसाक उद्योगहरूले पछिल्लो दुई दशक यता भोग्दै आएका चुनौतीहरू

६५ वर्ष माथिकालाई गभर्नर नियुक्त गर्ने सरकारको तयारीमा सर्वोच्चले लगाइदियो ब्रेक

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर नियुक्तिमा उमेर नचाहिने गरी मापदण्डमा गरेको फागुन २७

सहकारीको समस्याबारे राष्ट्रपतिको चासो, समस्यालाई छिटो टुंगो लगाउन सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

दमौली। २०८१ सालमा दुई लाख दस हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् ।