वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई



वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खाबन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि चार अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिए ।

समितिका अनुसार सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पाेरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए ।

कन्टेनर कर्पाेरेसन अफ इन्डिया प्रालिले भने चार अर्ब ५१ करोड रकमको बोलकबोल गरेको थियो । समितिका अनुसार छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आगामी साउनदेखि पाँच वर्षसम्म सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउनेछ ।

यसअघि पनि सोही कम्पनीले तीन अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खाबन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो ।

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यस बन्दरगाहमा कार्गाे रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ ।

यो सन् २००० मा विश्व बैङ्कको ऋण सहयोगमा ८२ करोड लागतमा निर्माण गरिएको हो । भारत सरकारको २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको छ ।

वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा भने ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा भने सो कार्यालयले ४७ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

संखुवासभा । सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे एक लाखसम्म जरिवाना गर्ने निर्णय

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ

बजेट सम्भावना अध्ययन गरी आवश्यकताको आधारमा विनियोजन गर्न सांसदहरुको सुझाव

काठमाडौँ । सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पहुँचको आधारमाभन्दा आवश्यकताका आधारमा

नेपालमा मानव संसाधन विकासका लागि ‘एओटिएस’ जापानको योगदान महत्वपूर्णः श्रममन्त्री भण्डारी

पाटन (ललितपुर)। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव संसाधन विकासका