सुनको मूल्य तोलाको एक लाख ७७ हजार नौ सय



काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । गत शुक्रबार हालसम्मकै उच्च अङ्कको पुगेको सुनको मूल्य हिजो आइतबार पनि बढेको थियो । सोमबार फेरि नयाँ उचाइमा पुगेको छ ।

आइतबार प्रतितोला एक लाख ७६ हजार आठ सय कायम भएको सुनको मूल्य सोमबार तोलामा एक हजार एक सय बढेर एक लाख ७७ हजार नौ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० बढेर रू दुई हजार ३५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ११४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा खड्का निर्वाचित

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् ।

कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव

बाँके । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित

चैते धानखेतीमा तनहुँका किसानलाई आकर्षित गर्न अनुदान

तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवद्र्धन कार्यक्रम’

यस्तो छ विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण