होम इन्टरप्राइजको इको क्राफ्ट प्ल्याटफर्म संचालन



काठमाडौं । होम इन्टरप्राइज नेपालद्वारा संचालित इको क्राफ्ट प्ल्याटफर्म संचालनमा आएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमका बीच इकमर्श प्ल्याटफर्म शुभारम्भ गरिएको हो ।

घर उद्यम मञ्च र होमनेट नेपालको अगुवाइमा यसका साझेदार संस्थाहरु समेतको प्रयासबाट घरदेखि घरसम्म नाराका साथ घरघरमा उत्पादित रैथाने पर्यावरणमैत्री उत्पादनहरु सिधै उपभोक्ताको घरसम्म पुर्याउनका लागि होम इन्टरप्राइज नेपाल डटकम प्ल्याटफर्म संचालनमा ल्याइएको हो ।

इकमर्श प्ल्याटफर्मको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले राज्यले नै गर्नुपर्ने काम घर उद्यम मञ्च र होमनेट नेपाल लगायतका संस्थाहरुले थालनी गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा महानगरपालिकाले यस अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

इको क्राफ्टमा अहिलेसम्म झण्डै १२५ जना घर उद्यमीहरु जोडिएका छन् भने आगामी २ वर्षभित्रमा त्यस्ता ५०० परिवार घर उद्यमीहरुका उत्पादनहरु संस्थाको थापाथलीस्थित आउटलेट र इकमर्श प्ल्याटफर्मबाट नेपालभर र विदेशमा समेत डेलिभरी गर्ने उद्देश्य रहेको यस अभियानका प्रबद्र्धक तथा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले जानकारी दिए ।

सो अवसरमा उनले नवजात शिशुदेखि ज्येष्ठ नागरिकसम्मलाई आवश्यक आफूलाई चाहिएको पर्यावरणमैत्री लुगा, कपडा, हस्तकलाका सामान एवम् हिमालको फेदीमा फलेका प्रांगारिक खानेकुरा इकमर्श प्ल्याटफर्ममार्फत खरिद गर्न पाइने बताए ।

विभिन्न जातजातिमा निहित रैथाने परम्परागत ज्ञान, सीप, प्रविधि र कलामा आधारित विविध प्रकारका पर्यावरणमैत्री स्वदेशी वस्तु उत्पादनहरुको जगेर्ना गर्ने र सो मार्फत ग्रामीण तथा शहरी भेगमा रही जोखिमपूर्ण जीवनयापन गर्न बाध्य महिला तथा पुरुषहरुको लागि दीगो तथा मर्यादित स्वरोजगारी सृजना गर्ने र हातैले बनेका त्यस्ता पर्यावरणमैत्री हस्ताकलाका उत्पादन एवम् प्रंगारिक कृषि उपजहरु उपभोक्तासम्म पुर्याउने र व्यक्ति, परिवार र समाजलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन मद्दत गर्ने होमेनेट नेपालको लक्ष्य रहेको छ ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले घर उद्यम मञ्च र होमनेट नेपाल लगायतका संस्थाहरुले थालनी गरेको यो अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वतको जलजलाकी सावित्रीको लोभलाग्दो च्याउखेती

पर्वत। जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी

शेयर बजारमा ५ अर्ब ३० करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ

आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न उपयुक्त हुने विषयहरुकाबारेमा अर्थले माग्यो सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको लागि सुझाव

कोशी पर्यटन वर्षको तयारी पूरा

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण