आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट आठ महिनामा एक अर्ब ९८ करोड राजश्व संकलन



झापा ।  आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव ०८०/८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्यांकअनुसार गत आव ०८०/८१ को सोही अवधिमा रु. एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालू आवमा रु. चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

गत आवभन्दा राजस्व संकलन बढे पनि चालू आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट रु. ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत रु. ६ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत रु. ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत रु. ३३ करोड १८ लाख ४५ हजार राजस्व संकलन गरेको छ ।

अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालू आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३.७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए ।

कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

‘गोएएमएल’मा १६ सयभन्दा बढी अनुसन्धानकारी निकाय आबद्ध, शंकास्पद कारोबार २४ प्रतिशतले वृद्धि

  काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका

होम इन्टरप्राइजको इको क्राफ्ट प्ल्याटफर्म संचालन

काठमाडौं । होम इन्टरप्राइज नेपालद्वारा संचालित इको क्राफ्ट प्ल्याटफर्म संचालनमा आएको छ ।

आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना

काठमाडौं ।  शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं