कृषिमन्त्री भन्छन्-अब कृषि अनुदानको दुरुपयोग हुँदैन



काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले मंगलबार आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा मन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात गरेकाले अबका दिनमा अनुदान पारदर्शी हुने र सबै विवरण हेर्न सकिने बताएका हुन् ।

विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए ।

कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

‘गोएएमएल’मा १६ सयभन्दा बढी अनुसन्धानकारी निकाय आबद्ध, शंकास्पद कारोबार २४ प्रतिशतले वृद्धि

  काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रले नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री