प्रतिनिधिसभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि विधेयक पारित



काठमाडौँ । प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकमा बहुमतले पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले विधेयक बहुमतबाट पारित भएको घोषणा गरेका थिए । यसअघि विधेयकमाथिका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकामा सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

यसअघि विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण निर्माण गरी लगानी अभिवृद्धि गर्न विधेयक ल्याइएको बताए ।

“राम्रो नियत र असल उद्देश्यले देशको आर्थिक समस्याको समाधान गर्दै आर्थिक र व्यावसायिक वातावरण सुधार गर्न तथा स्वदेशी र लगानी प्रवद्र्धनका लागि विधेयक ल्याइएको छ । यसको अहिले सकारात्मक प्रभाव देखिन थालेको छ”, उनले भने ।

विधेयकमार्फत उपभोक्ताको हकहित सुनिश्चित गर्न उपभोक्ता अदालतको व्यवस्था गरिएको, कालोबजारी व्यवस्था ऐनलाई आवश्यक परिमार्जन गरी उपभोक्ता हितका लागि कानुन बनाइएको उनले जानकारी दिए । उपप्रधानमन्त्री पौडेलले राजस्व चुहावट नियन्त्रण, हदभन्दा बढी जग्गाको व्यावसायिक प्रवद्र्धनका लागि उक्त जग्गाको ५० प्रतिशतसम्म धितो राख्न पाउने व्यवस्था गरिएको र सो धितोबापतको ऋण चुक्ता गर्ने दायित्वबाट उम्किन नसक्ने प्रावधान रहेको उल्लेख गरे ।

सांसदहरु चित्रबहादुर केसी, प्रकाश ज्वाला, हितराज पाण्डे, अम्मरबहादुर थापा, भानुभक्त जोशी, हितबहादुर तामाङ, विमला सुवेदी, लक्ष्मी तिवारी, गणेश पराजुली, प्रेम सुवाल, निशा डाँगी, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, सूर्यमान तामाङ दोङ, नारायणी शर्मा, नरेन्द्र बराली, रुपा सो.शी. चौधरी, छिरिङडम्डुल लामा, मनिष झा र माधव सापकोटाले विधेयकमा संशोधन प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृह मन्त्रालयले भन्यो-हिंसात्मक घटनाको आयोजकले जिम्मेवारी लिनुपर्छ

काठमाडौं । सरकारले राजावादीहरुको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी

काठमाडौंको तिनकुनेमा गोली लागी घाइते भएका एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक

सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न राजावादीहरुको आग्रह

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले देश आजदेखि संक्रमणकालमा प्रवेश