उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्ति मिलाउन आग्रह



काठमाडौँ । नेपाल उद्योग परिषद्ले उद्योग क्षेत्रमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन सरकार एवं सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगमा हाल दैनिक १२ घण्टासम्म विद्युत् भार कटौती गराएर उद्योगीलाई प्रताडित गरेकाले पूर्ण रुपमा विद्युत् आपूर्तिको माग परिषद्ले गरेको हो ।

परिषद्ले बिहीबार विज्ञप्ति जारी गरी ‘मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले उद्योगमा विद्युत् भार कटौती गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ?’ भनी प्रश्न गरेको छ ।

उद्योगमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको परिषद्को भनाइ छ ।

“सरकारले स्वदेशी उद्योगको प्रवद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय नै रहेको विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा गरेको विद्युत् भार कटौतीले उद्योगलाई मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशको खर्च निराशाजनक, अहिलेसम्म २५ प्रतिशत मात्र बजेट खर्च

बागमती। बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत) । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू

देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन तथा आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि