मेची भन्सारबाट आठ महिनामा १० अर्ब भन्दाबढी राजस्व सङ्कलन



झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  १० अर्ब १७ करोड ७२ हजार राजस्व सङ्कलन गरेको छ । उक्त राजस्य निर्धारित लक्ष्यको ९१ दशमलव ६४ प्रतिशत हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँका अनुसार चालु आवको फागुन महिनासम्ममा रु ११ अर्ब नौ करोड ८७ लाख नौ हजार राजस्व सङ्कलनको लक्ष्य रहेको थियो ।

गत आवको सोही अवधिमा लक्ष्यको ७७ दशमलव २४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयतबाट ६० दशमलव २२ प्रतिशत अर्थात् रु छ अर्ब १२ करोड ४२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजार बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा रु ३१ अर्ब १८ करोड ६५ लाख १६ हजार बराबरको वस्तु आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशको खर्च निराशाजनक, अहिलेसम्म २५ प्रतिशत मात्र बजेट खर्च

बागमती। बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत) । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो

यस्तो छ विदेशी मुद्राको विनिमयदर

  काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको

देहरादूनमा नेपाल–भारत व्यापार मेला सुरू

देहरादुन । नेपाल–भारतबीच व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन तथा आदानप्रदान गर्ने उद्देश्यले शुक्रबारदेखि