टीओडी बिल जाँचका लागि उर्जामन्त्री खड्काले गठन गरेको समितिलाई काम गर्न सर्वोच्चको रोक



काठमाडौं । सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइनको बिल अध्ययनका लागि उर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिलाई काम कारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले समितिलाई तत्काल काम कारवाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेश जारी गरेसँगै समितिले कामकारवाही अघि बढाउन नपाउने भएको छ । ऊर्जामन्त्रीले गत मंसिर २ गते अरविन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन गरेका थिए ।

त्यसविरुद्ध अधिवक्ता खडानन्द कँडेलले गत मंसिर १३ गते ऊर्जामन्त्रीले कानुन विपरित गएर समिति बनाएको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

समितिलाई डेडिकेटेड र ट्रंकलाई विद्युत महशुल बक्यौता सम्बन्धी आवश्यक प्रमाण संकलन गर्ने एवं प्रमाणीकरण गर्ने जिम्मा दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन समय दुई वर्ष थप

काठमाडौं ।  सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष थप गर्ने

सगरमाथा संवादमा १६ विषयका सत्रमा छलफल हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा १६ विषयका

मधेसका मुख्यमन्त्रीद्वारा राजविराजका सात अस्पतालको अनुगमन, दुईलाई बन्द गर्न निर्देशन

राजविराज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइबार राजविराजका विभिन्न सातवटा अस्पतालको अनुगमन

बजेट निर्माणसम्बन्धमा अर्थमन्त्रीद्वारा गृह मन्त्रालयसँग छलफल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय