नेप्सेमा सामान्य वृद्धि



काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ३ दशमलव १४ अङ्कले बढेर २ हजार ७ सय ४३ दशमलव ७४ विन्दुमा पुगेको छ ।

आज व्यापार, बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज व्यापार समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै र जीवन बीमा समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशत तथा विन नेपाल लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से सामान्य बढेको दिन बाराही हाइड्रोपावर पब्लिक कम्पनीको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३ सय ९ वटा कम्पनीका १ करोड ५६ लाख कित्ता शेयर ८ अर्ब ६२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५

चापाकोटमा चार सय रोपनीमा सामूहिक आलुखेती

स्याङ्जा । स्याङ्जाको चापाकोटका विभिन्न स्थानमा सामूहिक आलुखेती गरिएको छ । चापाकोट नगरपालिकाको

एउटै वडामा तीन जलविद्युत् आयोजना निर्माण सुरू

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ

साधारण शेयर बिक्रीका लागि वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय