भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन



झापा। झापास्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व संकलन गरेको छ ।

प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन् ।

यसैगरी, मृत्युपछिको नामसारी पाँच सय ६७, घर कायम पाँच सय ८७, हाल साबिक अद्यावधिक नौ सय ८९, दाखिला खारेज एक सय ७१, संशोधन नौ सय १४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र तीन सय ७० जनाको मोही लगत कट्टा भएको छ ।

प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व संकलनमा परेको बताए ।

उक्त कार्यालयले आव २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजस्व संकलन गर्दा ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेसन पारित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अमेरिकी राष्ट्रपति ट्रम्पले युएसएडको सहयोगलाई ‘फ्रड’ भन्नुभएको हो भने बुझ्नुपर्छ’

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत्

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख

स्ट्रबेरीखेतीबाट वार्षिक छ लाख बचत

घोराही । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन्

मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी

कमलामाई । कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका