नेप्सेमा झिनो अङ्कको सुधार



काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।

बुधबार तीन सय सात कम्पनीको एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता शेयर ८२ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा  आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैंक एक दशमलव ३३, वित्त एक दशमलव ५६, लगानी एक दशमलव २२ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव शून्य नौ होटल तथा पर्यटन शून्य दशमलव  ६३, जलविद्युत् शून्य दशमलव शून्य चार र उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य नौ, निर्जीवन बिमा शून्य दशमलव शून्य तीन, व्यापार शून्य दशमलव ९१ र अन्य समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी ३९ करोड ६० लाख २२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको पाँच लाख १४ हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरबीच भेट

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच

ग्यास उद्योगीको आन्दोलन स्थगित

  काठमाडौँ ।  नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ

१५ हजार मेगावाट विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणको ‘मोडालिटी’बारे नेपाल र भारतबीच सहमति

काठमाडौँ। नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।