कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो



दाङ । कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु. ७१ लाख मात्र राजस्व संकलन गरेको छ ।

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो रहेको छ ।

गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु. नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु. दुई लाख ७६ हजार कम राजस्व संकलन भएको छ । भदौमा रु. १३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु. छ लाख राजस्व संकलन भएको छ । लक्ष्यभन्दा रु. सात लाख कम राजस्व संकलन भएको छ । असोजमा रु. १३ लाख २६ हजार संकलन गर्ने लक्ष्य लिएकामा रु. सात लाख संकलन भएको छ । यो लक्ष्यभन्दा रु. छ लाख कम हो ।

कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु. नौ लाख संकलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा रु. तीन लाख कम राजस्व संकलन भएको छ । मङ्सिरमा रु. १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु. नौ लाख संकलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा रु. चार लाख ७६ कम राजस्व संकलन भएको छ ।

पुसमा रु. १३ लाखको लक्ष्य लिएकामा रु. ३० लाख संकलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु. १७ लाख बढी राजस्व संकलन भएको निमित्त प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा रु. एक करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित्त प्रमुख रजौरेले बताए ।

कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताउँछन् । भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु. छ सय र मोटरसाइकलबाट प्रतिदिन रु. दुई सय लिने गरेको उनले बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से सामान्य बढेको छ ।

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौँ। मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली

भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्न सरकारलाई सांसद प्रधानको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर प्रधानले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी)