नेप्सेमा ६ अर्ब भन्दाबढीको कारोबार



काठमाडौं । साताको तेस्रो दिन शेयर बजार नेप्से बढेको छ । मंगलबार नेप्से आज ५.०८ अङ्कले बढेर २ हजार ६१३.०८ विन्दुमा पुगेको छ ।

मंगलबार बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।आज मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन रिभर फन्ड पावर कम्पनीको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ । नेप्से बढे पनि आज शेयर कारोबार रकम भने घटेको छ । आज ३ सय ११ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ६ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार

पर्वत ।  पर्वतको महाशिला गाउँपालिकाले ढुवानीमा अनुदान दिएपछि स्थानीय तरकारी जिल्लाबाहिर निर्यात हुन

नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको साधारणसभा सम्पन्न

काठमाडौँ । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ

अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा