लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै संसदको रोष्ट्रममै मौनधारण



काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र जोड्ने सडकका लागि बजेट विनियोजन नगरिएको भन्दै संसदको रोष्ट्रममै मौनधारण गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलमा भाग लिने क्रममा सांसद बडूले सडक निर्माणमा बजेट नछुट्याएको भन्दै रोष्ट्रममै मौन धारण गरेका हुन् ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको दार्चुलाको तुसारपानी, कोठेधार, तिंकर सडकको ७९ किलोमिटरका लागि बजेट विनियोजन नगरेको भन्दै सांसद बडूले आपत्ति जनाएका हुन् ।

उनले भने, ‘त्यो ठाउँको सुविधा, बाटोको लागि, त्यो ठाउँको जनताका लागि मैले मात्रै बोलिरहनुपर्ने हो ? अनि मात्रै ध्यानाकर्षण हुन्छ ? यो सबैको साझा विषय हुन सक्दैन ? म सोध्न चाहन्छु भौतिकमन्त्रीलाई उहाँले यसपटक यो बाटोमा कति बजेट राख्नुभएको छ ? प्रधानमन्त्री र मन्त्रीलाई सँगै राखेर पनि कुरा गरे तर भयो के ? भौतिकमन्त्री महासेठलाई यो देशको भूगोलको पनि जानकारी छ कि छैन, शंका हुन थाल्यो ।’

दार्चुलाको तिंकर क्षेत्रमा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै बडूले उक्त सडक निर्माण सम्पन्न गर्नका लागि बजेट विनियोजनको माग गरेका थिए । त्यसपछि अन्तिममा सांसद बडूले रोष्ट्रममै एक मिनेट मौन धारण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसको नीति उसकै नेतृत्व भन्ने मूल आधारमा हाम्रो पार्टी सञ्चालन हुन्छः खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीभित्र गुटबन्दी लागू नहुने

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद खतरनाक रुपमा देखापर्योः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने

लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र

रातो किताब अनधिकृतरूपमा सार्वजनिक भएको  भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

  गोदावरी (कैलाली) ।  नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२