दमक नगरपालिकाद्वारा १४ करोड भन्दाबढी राजस्व सङ्कलन



भद्रपुर (झापा) । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आर्थिक वर्षमा २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने ।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए ।

नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुण नियन्त्रण विभागले भन्यो-कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्नु

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद

बजेटमा कृषि, पर्यटन जलविद्युत, सूचना प्रविधि र उत्पादन प्राथमिकताः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वभिमानी नेता तथा

कोशी प्रदेशको बजेट बहुमतले पारित

  विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई

५ हजारबाट व्यवसाय थालेकी मीनाकुमारीलाई माग पुर्‍याउन हम्मे

पाँचथर । याङवरक गाउँपालिका–३ ओयामको देवीस्थानकी मीनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न